Aafno Khabar

काकाकाे घर गएकी युवती खेतमा लगेर सामुहिक बलात्कार, चार जना पक्राउ

  • आफ्नो खबर
  • August 30, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

कैलाली । सामुहिक बलात्कारकाे आराेपमा कैलालीमा चार जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कारकाे आराेपमा आइतबार चार जना पक्राउ परेकाे प्रहरीले जनाएकाे हाे ।

पक्राउ पर्नेहरुमा जानकी गाउपालिका-९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय दीपक कडारा र सोही ठाउँ बस्ने अन्य तीन जना १८ वर्षीय किशोरहरु रहेका छ्न् ।

काकाको घरबाट आफ्नो घरतर्फ जान लागेकी ती किशोरीलाई गएकाे बिहीबार राति उनीहरुले स्थानीय खेतमा लगेर बलात्कार गरेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

उनीहरुमाथि बलात्कार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।