Aafno Khabar

बलात्कार अभियाेगमा एक जना पक्राउ

  • आफ्नो खबर
  • August 29, 2020 प्रकाशित

म्याग्दी । २४ वर्षीया महिला बलात्कारकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । धौलागिरी गाउँपालिका-४ मुदी बस्ने ३४ वर्षीय केशव घर्ती बिहीबार पक्राउ परेको प्रहरीले जनाएकाे छ ।

घर्तीले ती महिला माथि गत जेठ १६ गते बलात्कार गरेका थिए । तीन महिनापछि उनी पक्राउ परेका हुन् ।

घर्तीमाथि बलात्कार मुद्दामा जिल्ला अदालत म्याग्दीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।