Aafno Khabar

झारफुककाे बहानामा बलात्कार, पुजारी पक्राउ

  • आफ्नो खबर
  • August 28, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

बाँके । झारफुककाे बहानामा बलात्कार गर्ने पुजारी पक्राउ परेका छन् । २ महिला बलात्कारकाे अभियाेगमा डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी नजिर महमद पक्राउ परेका हुन् ।

महमदले ३० वर्षीया र २८ वर्षीया महिला बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।

महमदले ती २ जना महिला झारफुकका लागि भनेर बुधबार मन्दिरको कुटीमा बोलाएका थिए । उनले कुटीमा नै बलात्कार गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।