गोरखा । बालिका बलात्कारको अभियोगमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालतमा आज भएको थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो । जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिनुभयाे ।
गत साउन १६ गते एक १५ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।