Aafno Khabar

बालिका बलात्कारकाे अभियाेगमा पक्राउ

  • आफ्नो खबर
  • August 27, 2020 प्रकाशित

मुस्ताङ । बालिका बलात्कारकाे अभियाेगमा मुस्ताङमा एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेकाे अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको हाे ।

सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।