Aafno Khabar

लजमा महिलामाथि बलात्कार, आफैँ प्रहरीकाे सम्पर्कमा

  • आफ्नो खबर
  • August 25, 2020 प्रकाशित

भक्तपुर । भक्तपुरमा महिला बलात्कारकाे आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिला बलात्कारकाे अभियाेगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाल पक्राउ परेका हुन् ।

असार २२ गते दिउँसो ती महिलामाथि बलात्कार गरी फरार भएका धिमाल सोमबार दिउँसो आफैँ महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

यस्तै, रामधुनी नगरपालिका-५ झुम्का बस्ने भोक्राहा नरसिंह गाउँपालिका-४ घर भएका ४६ वर्षीय मोहमद इर्साद आलमलाई १६ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आलमले गत साउन २६ गते दिउँसो मोरङ घर भएकी ती किशोरी ललाइ फकाइ धरान उपमहानगरपालिका-१८ स्थित होटलमा लगेर बलात्कार गरेका थिए । आलममाथि जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।