झापा । आफ्नै बुवाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका बुवा ७० वर्षीय साईला टुडुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घरमै ल्याएर राखेकोमा मंगलबार बिहान मृत्यु भएको हाे ।
साइला टुडुको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले छोरा सुनिललाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।