प्रतिकात्मक तस्बिर ।
काठमाडौं । बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीमाथि क्लिनिकमा बलात्कार गरेको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साह आइतबार पक्राउ परेका हुन् ।
निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धी उपचार गराउन गएकी ती किशोरीमाथि क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा बलात्कार गरेकाे भन्ने आराेप लागेकाे हाे ।
बलात्कारकाे घटना थाहा पाउनेबित्तिकै अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।