Aafno Khabar

उद्धार उडान फेरि सुरु, यस्ताे छ होटल क्वरेण्टीनको सूची र मूल्य विवरण

  • आफ्नो खबर
  • August 21, 2020 प्रकाशित

काठमाण्डाै । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् ।

मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान स्थगित गर्ने निर्णय गरकाे थियाे । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डाै उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको छ ।

विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।

होटल क्वरेण्टीनको सूची र मूल्य विवरण यस्तो छ :​