काठमाडाैं । गायक प्रमाेद खरेल श्रीमतीका लागि तीजकाे ब्रत बसेका छन् । उनले आफू ब्रत बसेकाे विषयमा ट्वीटरमार्फत जानकारी गराएका हुन् ।
उनले यसअघिका वर्षमा तीजमा उनकी श्रीमती उनका लागि ब्रत बस्ने गरेकाे र यसवर्ष उनी अस्वस्थ भएकाले आफू उनकाे लागि ब्रत बस्न लागेकाे उल्लेख गरेका छन् ।
ट्वीटरमा उनले लेखेका छन् ‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्, तर उनी बिराम भएको तीन महिना भयो, सुधार धेरै भए पनि उनी यसपाली सक्दिनन् । यसपाली म उनको लागि किन नबस्ने ? यसपाली मैले उनको लागि ब्रत बस्दैछु ।’
खरेल दम्पतीकाे दाेस्राे सन्तानका रुपमा पुत्रीलाभका क्रममा आमा र शिशुकाे स्वास्थ्यमा समस्या आएकाे थियाे । अहिले स्वास्थ्यमा सुधार भइरहेकाे छ ।