रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एकजना पुजारीको गोली हानेर हत्या भएको छ ।
माधवनारायण २ को हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानेर हत्या गरिएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।