Aafno Khabar

‘इनफ इज इनफ’ अब गीतमा (भिडियाेसहित)

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

काठमाडाैं । देशमा भइरहेकाे भ्रष्टाचार, कालाेबजारी, वैदेशिक हस्तक्षेप, व्यथितिकाे बारेमा समेटेर ‘इनफ इज इनफ’ अर्थात् अति भयाे अति बाेलकाे गीत निकालिएकाे छ ।

शिव सुवेदीकाे शब्द तथा संगीतमा रहेकाे याे गीतमा १० जना गायक तथा गायिकाले आवाज दिएकाक छन् । गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुको स्वर रहेको छ ।

देशमा राजनीतिक परिवर्तन भए पनि संस्कारमा परिवर्तन नआएका विषयवस्तु समेटिएकाे छ । याे गीत युट्युबमा धेरैले रुचाइसक्नु भएकाे छ । गीतमा ‘इनफ इज इनफ’ अभियान पनि जाेडिएकाे छ ।