Aafno Khabar

हलिउड अभिनेता बेन क्रसको निधन

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

एजेन्सी । हलिउड अभिनेता बेन क्रसको निधन भएको छ । चारियट्‍स अफ फायरमा हारोल्ड अब्राहम्सको अभिनय गरेपछि क्रसकाे चर्चा एकाएक चुलिएकाे छ । क्रसको ७२ वर्ष उमेरमा निधन भएको हो ।

क्रसकी छोरी लउरेनले फेसबुकमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेकाे छ । उनको स्वास्थ्य केही दिनदेखि बिग्रिरहेको र गत हप्तादेखि उनको अवस्था थप जटिल बनेकाे थियाे ।

क्रसले एचबीओले निर्माण गरेको पहिलो मिनि सिरिज द फार प्याभिलियन्स र हरर सिरिज डार्क स्याडोजमा समेत अभिनय गरेका थिए ।