काठमाडाैं । म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ परेका छन् । गायक ग्याल्जेन दाेर्जे तामाङसहित ९ जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकाहरुले निर्माण गरेकाे देशद्राेही नामक गीतकाे म्युजिक भिडियाेमा देशकाे झण्डा जलाएका थिए । उक्त गीतमा जातीय आधारमा अश्लिल गालीसमेत गरिएकाे छ । भिडियाे युट्युबमा अपलाेड भएपछि भिडियाेकाे व्यापक विराेध भएकाे थियाे ।
पक्राउ परेका मुख्य आराेपी ग्याल्जेन दाेर्जे तामाङ मंगाेलियन ग्रुपका सदस्य हुन् । मंगाेल हप अफिसियल नामक युट्युब च्यानलबाट उक्त गीत अपलाेड गरिएकाे थियाे ।