Aafno Khabar

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा राष्ट्रकवि घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धान्जली

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर उहाँलाई श्रद्धान्जली दिनुभएकाे छ । मंगलबार साँझ आफ्नै निवासमा निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिनका लागि पौडेल बुधवार बिहान घिमिरेको निवास लैनचौर पुग्नुभएकाे थियाे ।

घिमिरेको अन्तिम संस्कार बुधबार पशुपति आर्यघाटमा गरिने भएकाे छ । पौडेलले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्वपूर्ण योगदान पुर्‍याएकाे बताउनुभएकाे छ ।

घिमिरेको निधनबाट राष्ट्रले एउटा महान विभुती गुमाएको छ । वरिष्ठ नेता पौडेलले दु:खको घडीमा परिवार, समस्त साहित्य प्रेमीहरु तथा र राष्ट्रप्रेमी नेपालीहरुमा समवेदना व्यक्त गर्नुभएकाे छ । पौडेलले घिमिरेको योगदान अमर रहने पनि बताउनुभएकाे छ ।