Aafno Khabar

३६ वर्षीया महिला काेठामा राखेर ११ दिनसम्म बलात्कार, एक जना पक्राउ

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

काठमाडौं । ३६ वर्षीया महिला बलात्कारकाे अभियोगमा एक जना पक्राउ परेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ साउने घर भएका २२ वर्षीय लिलबहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

मगरले ती महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाईफकाई आफ्नै  कोठामा राखी पटक पटक बलात्कार गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा प्राप्त हुनासाथ खटिएको प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा बुझाएको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ ।