Aafno Khabar

काेराेना संक्रमणबारे प्रधानमन्त्रीलाई गगन थापाकाे पत्र : जनस्वास्थ्य आपतकाल घाेषणा गर्नुस् (पत्रसहित)

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमणबारे ध्यानाकर्षण पत्र पठाउनु भएकाे छ ।

थापाले सरकारकाे गैरजिम्मेवार पनका कारण काेराेना संक्रमण नियन्त्रण बाहिर जान लागेकाले काठमाडाैं लगायतका क्षेत्रमा थप कडाइ गर्नुपर्ने बताउनुभएकाे छ ।

सरकारले पर्याप्त समय पाए पनि कोरोना नियन्त्रणबारे काम गर्न नसकेको आरोप थापाको छ ।

थापाले तत्काल गर्नुपर्ने कामबारे पनि पत्रमा सुझाव लेख्नुभएकाे छ । कम्तिमा २ साताका लागि काठमाडौं लगायत कोरोना फैलिएका ठाउँमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न थापाको माग छ ।

हेर्नुहाेस् पत्र ।