Aafno Khabar

सन्तानको हत्या अभियोगमा कास्कीबाट एकजना पक्राउ

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

सांकेतिक तस्बिर

काठमाडौं । आफ्नै शिशु हत्या अभियोगमा प्रहरीले कास्‍कीबाट एक महिलालाई नियन्त्रणमा लिएको छ । कास्कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई शिशु हत्या अभियोगमा पक्राउ परेकी हुन ।

साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो ।

त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते सिंहलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धानका लागि सिंहलाई ७ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको प्रहरीले बताएको छ ।