सिरहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा मा पति र सासू पक्राउ परेका छन् ।
सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दास पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे छ ।
गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा भएकाे हाे । घटना थाहा पाएपछि मृतकका बुवा दासले प्रहरीमा जाहेरी दिनुभएकाे हाे ।