Aafno Khabar

काेराेना संक्रमित नवलपरासी पश्चिमका कांग्रेस उपसभापतिकाे मृत्यु

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

रुपन्देही । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासी पश्चिमका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा बिहान मृत्यु भएकाे हाे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत साउन ३० गते गिरी पाटन अस्पतालमा भर्ना हुनुभएकाे थियाे । उहाँ बुटवल अस्पतालबाट रिफर हुनुभएकाे थियाे । उहाँकाे मंगलबार बिहान मृत्यु भएकाे अस्पतालमा रहनुभएका सांसद देवेन्द्रराज कँडेलले पुष्टि गर्नुभयाे ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । अस्पतालबाट घर फर्किए लगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे थियाे ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहनुभएका गिरी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति हुनुभएकाे थियाे ।