फाइल तस्बिर ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।
६ सदस्यीय कार्यदलको अनुमोदन गर्दै नेकपा सचिवालय बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
चरम सत्ता संघर्षमा रहेको नेकपामा पार्टी विवाद समाधान गर्न भन्दै अध्यक्षद्वय ओली र दाहालले बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाउनुभएको थियो ।
दुई अध्यक्षले मात्र कार्यदल बनाएकामा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले विरोध गरेपछि फेरि सचिवालयबाट कार्यदललाई अनुमोदन गराइएको हो ।
महासचिव विष्णु पौडेल संयोजकत्व रहेको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य राखिएको छ ।
पछिल्लो समय साउन ३ गतेयता बस्न नसकेको सचिवालय बैठक आज बसेको हो । नेकपाको स्थायी समिति बैठक पनि साउन १३ गतेपछि चल्न सकेको छैन ।