Aafno Khabar

पीसीआर टेष्ट बन्द गर्न र मास्क लगाउने नियम हटाउन माग गर्दै स्पेनमा प्रदर्शन

  • आफ्नो खबर
  • August 17, 2020 प्रकाशित

एजेन्सी । अनिवार्य रुपमा मास्क लगाउनुपर्ने लगायत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धको विरोधमा स्पेनको राजधानी म्याड्रिडमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरुले मास्क नलगाई कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हटाउनु पर्ने माग गरेका छन् । पिसिआर बन्द गर्नुपर्ने, महामारीको अन्त्य हुनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

गत मे महिनामा नै स्पेनले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो । पछि त्यसलाई विस्तार गरेर देशैभरी घर बाहिर निस्कदा मास्क लगाउन अनिवार्य गरियो ।

सरकारले कोरोना नियन्त्रणका लागि सार्वजनिक स्थलमा धुमपान गर्न निषेध गरेको दुई दिनपछि आन्दोलन भएको हो । स्पेनले जुन महिनाको अन्त्यदेखि तीन महिना लकडाउन गरेर संक्रमण नियन्त्रणमा ल्याएको थियो ।

तर पछिल्लो समय संक्रमण पुनः देखिन थालेपछि प्रतिबन्धहरु कडाईका साथ पालना गर्न लगाइएको हो । स्पेनमा हालसम्म कोरोना संक्रमणका कारण २८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।