Aafno Khabar

काेराेना संक्रमणका कारण भारतमा एक मन्त्रीकाे मृत्यु

  • एजेन्सी
  • August 17, 2020 प्रकाशित

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ ।

गुरुग्राम मेदान्ता अस्पतालमा उपचारका क्रममा सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको आइतबार राति मृत्यु भएको हो ।

पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय चौहानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । चौहानको अन्त्येष्टि मंगलबार हुने जनाइएकाे छ ।