Aafno Khabar

ह्वाइट हाउस बाहिर गाेली चल्याे

  • आफ्नो खबर
  • August 11, 2020 प्रकाशित

तस्बिर : राेयटर्स ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । नियमित पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको हाे ।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गुप्तचर निकायका एजेन्टले स्टेजमा गएर जानकारी दिएका थिए । ट्रम्पकाे सुरक्षामा खटिएका ती एजेन्टले ट्रम्पलाई भित्र लगेका थिए । केही बेरपछि बाहिर आएर ‘स्थिति नियन्त्रणमा छ’ भनी उनले पत्रकार सम्मेलन जारी राखेका थिए ।

अमेरिकी सिक्रेट सर्भिसका मानिसले कुनै हतियारधारीमाथि गोली हानेको जानकारी आएकाे उनले बताए ।

उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ। असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गर्नु पर्ने ट्रम्पले बताए ।