काठमाडाैं । सामाजिक सञ्जालमा चर्काे आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले माफी मागे पनि अभिनेत्री पूजा शर्माले त्याे अचम्मित भएकाे प्रतिक्रिया दिएकी छिन्।
आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र कसैमा चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भनी सुवेदीले टेलिभिजनबाट माफी मागेका थिए । उनले अबका दिनमा शब्द चयनमा ध्यान दिने समेत बताएका थिए ।
यस किसिमकाे क्षमायाचना पश्चात् अभिनेत्री शर्माले प्रस्तोताले जुन ढंगले घमण्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्नुभएको छ, यो सम्पूर्ण कलाकारको अपमान भएकाे उल्लेख गरेकी छिन् ।
उनले एपी वान टेलिभिजनको रजतपट कार्यक्रममा भएको टिप्पणीविरुद्ध कलाकार संघ, निर्माता संघ, एपी वान टेलिभिजनलगायतमा उजुरी दिएको जनाएकी छिन् । उजुरीपछि प्रकाश सुवेदीले माफी मागेका थिए ।
याे पनि :
पूजा शर्माकाे प्रश्न : पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?