Aafno Khabar

देउवाद्वारा विभिन्न १० विभागकाे नेतृत्व नियुक्त

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडौं । महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभागका प्रमुखको टुंगो लगाउनु भएकाे छ ।

सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गर्नुभएकाे हाे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहिता समेत उल्लंघन हुने गरी विभागका प्रमुखहरू नियुक्त नगर्न ध्यानाकर्षण गराएका थिए ।

नयाँ नेतृत्व अनुसार संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठले पाउनुभएकाे छ । हरिप्रसाद नेपाललाई शिक्षा विभागको प्रमुख नियुक्त गरिएकाे छ ।

यस्तै, महेन्द्र यादवलाई यातायात समन्वय विभाग, फर्मुल्लाह मन्सुरलाई मुस्लिम विभाग, तराई मधेश समन्वय विभागको नेतृत्वमा अजयकुरमा चौरसियालाई नियुक्त गरिएको छ ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, वन वतावरण विभागमा अम्बिका बस्नेत, वित्तिय तथा सहकारी समन्वय विभागमा आनन्द ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुन जोशी र वीरबहादुर वलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिइएको छ ।