Aafno Khabar

गाैतम बुद्ध महान् भारतीय भएकाे भारतीय विदेशमन्त्रीकाे दाबी

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका छन् ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन् ।

कार्यक्रममा जयशंकरले भनेका छन्, ‘हामीले महान् भारतीयका रुपमा चिन्ने भनेकाे गाैतम बुद्ध र महात्मा गान्धी हाे । हामीले मात्र नभएर विश्वले नै महान् भारतीयका रुपमा चिन्ने गरेकाे छ ।’

नेपालकाे लुम्बिनीमा जन्मिएका गाैतम बुद्ध भारतीयले यसअघि पनि भारतमा जन्मेकाे भन्ने दाबी गर्ने गरेका छन् । उनीहरुले भारतमा नक्कली कपिलवस्तु पनि निर्माण गरिसकेका छन् ।

गाैतम बुद्धकाे जन्म कपिलवस्तुकाे शाक्य परिवारमा राजा शुद्धाेधन र रानी मायादेवीकाे पुत्रका रुपमा भएकाे इतिहासमा पढ्न पाइन्छ ।