Aafno Khabar

कोरोना संंक्रमणका कारण विदेशमा १ सय ९१ नेपालीको मृत्यु

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सङ्घका अनुसार यो हप्ता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गएको हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस हप्ता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गको हप्ता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ ।