काठमाडौं । गायक सरोज लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ सार्वजनिक भएको छ ।
गीत सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले गाएका छन् । सन्तोष लामिछानेको शब्द संगीत रहेको गीतमा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् ।
उदिराम खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा कमलमणी नेपाल, सारदा गिरी, जानुका पौडेल, सरोज लामिछाने, एलिना रायमाझीलगायतको अभिनय रहेको छ ।