काठमाडाैं । संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति पदका लागि यही २३ साउनमा निर्वाचन गर्ने भएकाे छ ।
राष्ट्रियसभाको नियमावलीबमोजिम सभापति र समिति सदस्यहरूको पदावधि २ वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया सुरु गरिएको हो । सचिवालयले शुक्रबार दिनको १ बजे सम्बन्धित समितिहरूमा निर्वाचन हुनेगरी निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।
दिगो विकास तथा सुशासन समिति, प्रत्यायाेजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरी राष्ट्रियसभामा चारवटा संसदीय समितिहरू छन् ।