काठमाडाैं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्ड कुटेकाे भिडियाे केहीदिन अघि सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।
सामाजिक सञ्जालमा भिडियाे भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो ।
सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुवै जना नेपाली नागरिक भएको जनाएको छ ।
उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो । कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन् । उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका हुन् ।
घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ ।