बाँके। बलात्कार आराेपमा बाँकेमा एक जना पक्राउ परेका छन् । २८ वर्षीय महिला बलात्कारकाे आराेपमा नेपालगञ्ज उपमहानगरपालिका-१९ मदनपुर बस्ने ३५ वर्षीय प्रेम पुन मगर पक्राउ परेकाे प्रहरीले जनाएकाे हाे ।
आइतबार दिउँसाे सोही उपमहानगरपालिका-२० स्थित खेतमा ती महिला बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँके र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेकाे हाे ।
घटनाकाे विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।