Aafno Khabar

अमिताभ बच्चन डिस्चार्ज

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् ।

आइतबार काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई पनि उनले धन्यवाद दिएका छन् ।

गएकाे महिना काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसहित उनका छाेरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि काेराेना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

उनीहरु यसअघि नै संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।