Aafno Khabar

हजारकाे नाेट फाेटाेकपि गरेर चलाउन खाेज्दा…

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

काठमाडौं । काठमाडौंमा एक हजार दरका नक्कली नोट फेला परेका छन् । नक्कली नोटसहित काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

१ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका–५ घर भएर शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पौडेलको सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सम्बन्धित शीर्षकहरु