Aafno Khabar

लकडाउन खुलेपछि संक्रमितकाे संख्या शून्य दशमलव ८ प्रतिशतले बढ्याे

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

काठमाडौं । सरकारले लकडाउन खोलेपछि कोरोना संक्रमितको संख्या शून्य दशमलव ८ प्रतिशतले बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा लकडाउन खोल्नुभन्दा ११ दिनअघि र पछिको तुलना गर्दा शुन्य दशमलव ८ प्रतिशतले संक्रमित बढेको बताउनुभएकाे हाे ।

लकडाउन खोल्नु भन्दा ११ दिनअघिसम्म देशभर ४७ हजार ८ सय ७७ जनामा पीसीआर परिक्षण गरिएको थियो । जसमा १ हजार ३ सय ४५ जनामा कोरोना पोजिटिभ देखिएको थियाे ।

लडकाउन खुलेपछि साउन ७ देखि १७ गतेसम्म ५८ हजार १ सय ७४ जनाको परीक्षण गरियो । जसमा संक्रमितको संख्या २ हजार ९२ पुग्यो । लकडाउन अघि र पछिको ११ दिनको तुलना गर्दा संक्रमित दर बढेको प्रवक्ता गौतमले बताउनुभयाे ।

देशभर काेराेना संक्रमितको संख्या २० हजार नाघेको छ ।