Aafno Khabar

शनिबार थपिए तीन सय १५ काेराेना संक्रमित, संक्रमितकाे संख्या २० हजार बढी

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

काठमाडाैं । शनिबार कोरोनाभाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन् । अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा ६ हजार ९ सय ९३ जनामा पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयाे ।

विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए । अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।