Aafno Khabar
creativeideas

कर्मचारीबाट कार्यकक्षमै कुटिए प्रेमप्रसाद सञ्जेल

  • आफ्नो खबर
  • २०७७ साउन १७ गते प्रकाशित

माेरङ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कर्मचारीबाट कार्यकक्षमै कुटिएका छन् ।

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी रहेका बुझिएको छ ।

सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।