मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।
स्थानीय पत्रिका द स्टारले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेका हुन् । घटना जलन मदरसाको पार्किङ स्थलमा भएको अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले बताएका छन् ।
घटना किन र कसरी भयाे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाे समाचारमा जनाइएकाे छ । घटनाबारे जानकारी भएका मानिसलाई जानकारी गराउन पनि प्रहरीले अनुराेध गरेकाे छ ।
घटना बारे जानकारी भएकाहरुलाई प्रहरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
शुक्रबार भिडियो सामाजिक सञ्जालमा आएपछि मलेसियामा रहेको नेपाली दूतावासले अनुसन्धानको लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो ।