Aafno Khabar

सम्बन्ध बिग्रिएपछि प्रेमिकासँगको अश्लील भिडियो सार्वजनिक गर्ने एकजना पक्राउ

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

सांकेतिक तस्बिर

कैलाली । प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो बनाएर साथीलाई पठाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ रहेका छन् ।

युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले १० साउनमा भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।