काठमाडौं । समाजवादी पार्टीको प्रतिनिधि सदस्यमा लीलादेवी सिटौला निर्वाचित हुनुभएकाे छ । उहाँ निर्वाचन आयोगको सिफारिसमा सरिता गिरीको स्थानमा निर्वाचित हुनुभएकाे हाे ।
समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।
सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।