काठमाडौं । विवादित फैसलामाथि प्रश्न उठाएकाेमा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ ।
‘सर्वोच्च अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केही दिनदेखि प्रवाह भइरहेका समाचार, टिका टिप्पणी र गतिविधिहरुको सम्बन्धमा सर्वोच्च अदालतको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश विवादित भएका छन् ।
यही सन्दर्भमा सर्वोच्चले विज्ञप्ति जारी गरी न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने समाचारको प्रवाह वा टीका टिप्पणी भएको दाबी गरेको हो ।