Aafno Khabar
creativeideas

प्रेस युनियन पाल्पाले दियो पत्रकारलाई स्वास्थ्य सामाग्री

  • आफ्नो खबर
  • २०७७ साउन १० गते प्रकाशित

काठमाडौं । नेपाल प्रेस युनियन पाल्पाले पत्रकारका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

प्रेस युनियनका केन्द्रीय सल्लहाकार शिव लम्सालको पहलमा पठाइएका सामाग्री एक कार्यक्रमकाबीच वितरण गरिएको हो ।

कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाइ ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरिएको युनियन पाल्पाले जनाएको छ ।

पाल्पामा क्रियाशिल पत्रकारलाई १५ थान ज्याकेट, मास्क र सेनिटाइजर वितरण गरिएको युनियनका केन्द्रीय सल्लाहकार लम्सालले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर राना, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, युनियनका सभापति भरत शर्माको उपस्थितीमा वितरण गरिएको हो ।