काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको हाे ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्काे बैठक साउन १३ गते बस्ने जानकारी दिनुभयाे । उहाँले आजकाे बैठकमा बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताउनुभयाे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्याे ।
बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुलसमेत भत्किएको छ ।