Aafno Khabar

नेपाल र खनालसहितका नेता प्रचण्ड निवास खुमलटारमा

  • July 19, 2020 प्रकाशित

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद चुलिएको समयमा अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा केही नेताको बैठक बसेको छ ।
प्रचण्ड निवास खुमालटारमा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि रहेको बुझिएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य सहमती भएको भन्दै माधव नेपाल पक्ष असन्तुष्ट रहेको थियो ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

दुई अध्यक्षको धारणा एउटै आएपछि सचिवालयका अन्य सदस्यहरुले यसलाई दुई अध्यक्ष मिलेको रुपमा बुझेका थिए। तर प्रचण्डको सचिवालयले भने यसलाई खण्डन गरेको थियो। खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँग गोप्य सहमती नभएको प्रष्टाउन चाहेको बुझिएको छ ।