Aafno Khabar

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठ र भीम रावलको जवाफ

  • July 14, 2020 प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गरिरहेका छन् ।

प्रधानमन्त्री ‌ओलीले साेमबार भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा नै जन्मनुभएकाे बताउनुभएकाे थियाे । त्यसपछि प्रधानमन्त्रीकाे आलाेचना र समर्थनमा सामाजिक सञ्जाल तातेकाे छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावलले पनि ट्वीटरमार्फत प्रधानमन्त्रीकाे अभिव्यक्तिमा जवाफ फर्काएका छन् । श्रेष्ठले आलोचनात्मक चेत, तथ्य नहेरी क्षणिक स्वार्थका लागि जे पनि भन्ने प्रवृति त्याग्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएकाे छ । उहाँले यस्तो प्रवृत्तिले समाज र राष्ट्रलाई राम्रो नगर्ने पनि बताउनुभएकाे छ ।

त्यस्तै, भीम रावलले अहिले अयाेध्याबारे बहस गर्ने बेला याे नभएकाे उल्लेख गर्नुभएकाे छ । उहाँले सीमा क्षेत्र मिचिएकाे,तराईका बस्ती डुबानमा परेकाे, कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने बेला राम र अध्योध्याबारे बहस गर्नुपर्ने हो ? भनी प्रधानमन्त्रीसमक्ष प्रश्न पनि गर्नुभएकाे छ । उहाँले बहसकाे विषयान्तर गरियाे भनी प्रश्न पनि गर्नुभएकाे छ ।