काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले आफ्नो मन्तव्य फिर्ता लिएर जनतासँग माफी माग्नुपर्ने सुझाव दिनुभएकाे छ । साेमबार भानुजयन्तीकाे अवसरमा प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएका हुन् र अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने बताउनुभएकाे थियाे ।
उहाँकाे याे अभिव्यक्तिप्रति टिप्पणी गरी वामदेवले भगवान राम नेपालमै जन्मिएका हुन् भन्ने अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न ओलीसमक्ष सुझाव दिनुभएकाे हाे । उपाध्यक्ष गौतमले सामाजिक संजाल फेसबुकमार्फत राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न भएको पनि बताउनु भएकाे छ ।
याे पनि पढ्नुहाेस् ।