काठमाडाैं । पूर्वराजकुमारी पूर्णिका शाहले आफ्नो कुनै प्रेमी नभएको बताउनुभएकाे छ । सञ्चारमाध्यममा प्रेमी रोजेको खबर सार्वजनिक भएपछि पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत खबरमा सत्यता नभएको प्रष्ट पार्नु भएकाे हाे ।
पछिल्लाे समय सामाजिक सञ्जालमा पूर्वराजकुमारीकाे प्रेमीका बारेमा चर्चा भइरहेकाे छ । जनआस्था साप्ताहिकले अघिल्लो अंकमा पूर्वराजकुमारीले रोजिन् प्रेमी शीर्षकमा समाचार नै प्रकाशित गरेकाे थियाे ।
उहाँले टिकटक भिडियाेमार्फत भन्नुभएकाे छ ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन । सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’
उहाँले यसाे भनिरहँदा अलि लजाएकाे पनि देखिन्छ ।
@purnikarldsDon’t believe everything you read..