Aafno Khabar

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण

  • July 12, 2020 प्रकाशित

भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छाेरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अमिताभ र अभिषेक आफैँले शनिबार राति कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनीहरुले आफूहरु कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी गराएका छन् । उनीहरु दुवैजनालाई मुम्बईकाे नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरुले परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन् । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टाेपेले जया बच्चन र ऐश्वर्या राय बच्चनकाे रिपाेर्ट आइतबार आउने समाचार संस्था एएनआईलाई बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।