भारत र पाकिस्तानकाे सीमामा भएको गोलीवारीमा शुक्रबार एक नेपालीको मृत्यु भएको छ ।
भारतीय सेनामा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेकाे छ ।
जम्मु कस्मिरको रजोरी जिल्लामा भारत पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा गोली हानाहान भएको थियो । गएकाे बुधबार उक्त क्षेत्रमा ६० वर्षीया वृद्धाको हत्या भएको थियाे । हत्याकाे विषयमा भारतले पाकिस्तानी सेनामाथि दोष लगाइरहेकाे छ । यही विषयले सीमामा गोली हानाहान भएको हाे ।
जम्मुका रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दका अनुसार गाेली लागेर नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि अस्पताल पुर्याइएकाे थियो । त्यही उनको मृत्यु भएकाे हाे ।