Aafno Khabar

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

  • July 10, 2020 प्रकाशित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । देशभर भइरहेको बाढी र पहिरोका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ ।

नेकपा किचलोका बीच बसेको स्थायी कमिटी बैठक केही दिन यता स्थगित भइरहेकाे छ । बुधवारको बैठक स्थगित गरी बैठक शुक्रबारका लागि बोलाइएको थियो ।

पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो ।

बैठक स्थगितबारे श्रेष्ठले ट्वीटरमा लेख्नुभएकाे छ ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पङ्ती उद्दार एवम् राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’